Logo
Logo

राष्ट्रपति भण्डारी र माधव नेपालबीच भेटघाट



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नव गठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ ।

आज राष्ट्रपति कार्यालय शितल निवासमा भण्डारी र नेपालबीच भेटघाट भएको हो । एमाले विभाजन भएपछि नयाँ दल गठन गरेका नेपाल र भण्डारीबीच पार्टीलाई एकताबद्ध बनाउँने बारेमा छलफल भएको स्रोतको दावी छ ।

एमाले विभाज भएपछि राष्ट्रपतिले चासो व्यक्त गरेको स्रोतले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समूहबीच विवाद चर्किदै गएपछि पार्टी विभाजन भएको हो ।

दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्दै संविधान र लोकतन्त्रको बिरोधमा ओली लागेपछि नेपालले बाध्य भएर एकीकृत समाजवादी पार्टी गठन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्