Logo
Logo

एमालेमा संस्कार देखिएन : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत मागेका छन् ।

सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत दिन आग्रह गरेका हुन् । उनले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ ।

सदनमा विश्वासको मत माग्ने प्रस्ताव पेस गरेका मुख्यमन्त्री केसीले एमालेले संस्कार नदेखाएको टिप्पणी गरे। उनले भने, ‘यति पुरानो पार्टी राम्रै संस्कार होला भन्ने थियो। तर, त्यसो भएन। शुभेच्छा प्रदान होला भन्ने थियो ।’

सत्ताबाट बर्हिगमन भएको आक्रोश भए पनि संसदमा एमालेको उपस्थिति हुनुपर्ने उनले बताए । उनले

लोकतन्त्र र संविधानको रक्षा तथा संघीयता कार्यान्वयन सरकारको प्राथमिकता हुने मुख्यमन्त्री केसीले बताए । कोभिड(१९ लाई नियन्त्रण र रोकथाम नव गठित सरकारको पहिलो प्राथमिकता हुने मुख्यमन्त्री केसीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्