Logo
Logo

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनम)ले विश्वसको मत पाएका छन् ।

प्रदेश सभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री केसीले विश्वसको मत मागेका थिए । उनको पक्षमा ४२ मत परेको छ । विपक्षमा कुनै मत रहेन भने तथस्टमा एक मत परेको छ ।

कुल ८० सांसदमध्ये ३८ जना अनुस्पथित रहे । एमालेको ओली पक्षका सांसदहरुले बैठक बहिस्कार गरेका थिए ।

माओवादी केन्द्र संसदीय दलका नेता केसी लुम्बिनी प्रदेश सभाका चार दल र एक स्वतन्त्र गरी ४२ जना सांसदको समर्थनमा साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्