Logo
Logo

विजेपी नेता चौथाइवाले भेटघाटमा व्यस्त



काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (विजेपी) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले विभिन्न राजनीतिक दलका प्रमुखहरुसंग भेटघाट गरेका छन् ।

नेपाली काँग्रेसको निमन्त्रणमा नेपाल भ्रमणमा आएका चौथाइवालले प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवालाई हिजो भेटेका थिए । आज उनले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसंग छुटाछुटै भेटघाट गरेका छन् ।

देउवा र ठाकुरलाई भेटेका विजेपी विदेश विभाग प्रमुख चौथाइवालेले आजै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसंग समेत भेटघाट गर्ने बताइएको छ ।

यस्तै जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, संघिय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरुसंग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

विजेपी र नेपालका राजनीतिक दलहरुका बीचमा सुमधुर सम्बन्धन बनाउने उदेश्यले नेपाल भ्रमणमा आएको प्रतिक्रिया उनले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्