Logo
Logo

घट्न थाल्यो संक्रमण दर, सात लाख बढी निको भए



काठमाडौं । कोरोना भाइरसबाट हुने दैनिक संक्रमण र मृत्युदर केही दिनयता घट्न थालेको छ । यससँगै निको हुनेको संख्या बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एक हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो (आइबार) एक हजार ९२० जना र शनिबर दुई हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पीसीआरबाट एक हजार ५४८ र एन्टिजेनबाट २५३ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ८ हजार ७०४ जनाको आरटी पीसीआर र २ हजार ६६२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ ।

त्यस्तै सोही अवधिमा एक हजार ९२४ जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९७ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ रहेको छ।

प्रतिक्रिया दिनुहोस्