Logo
Logo

प्रचण्ड र विजेपी नेता चौथाइवालेबीच भेटवार्ता



काठमाडाैं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतको सत्तारुढ दल बीजेपीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

प्रचण्ड निवास ललितपुर खुमलटारमा भएको भेटवार्तामा दुई मुलुकबीचको संवादलाई अघि बढाउने र द्विपक्षीय सम्बन्ध बलियो बनाउनेबारे छलफल भएको चौथाइवालेले जानकारी दिएका छन् ।

‘हामीबीच विभिन्न विषयमा खुला र सौहार्दपूर्ण छलफल भयो’ चौंथाइवालेले ट्वीटमा लेखेका छन्, ‘हामी दुबैजना संवादलाई अघि बढाउँदै द्धिपक्षीय सम्बन्धलाई बलियो बनाउन सहमत भएका छौं ।’

चौथाइवालेले आजै नेकपा एमाले अध्यक्ष केपी ओली, प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका थिए ।

विजेपी र नेपालका राजनीतिक दलहरुका बीचमा सुमधुर सम्बन्धन बनाउने उदेश्यले नेपाल भ्रमणमा आएको प्रतिक्रिया उनले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्