Logo
Logo

माधव नेपालसहितका नेता चन्द्रागिरि पुगेकाेदेखि पेट्रोलियम पदार्थकाे मूल्य बढेकोसम्म



हेडलाइन्स् :

१. २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ३२६ परीक्षणमा १ हजार ८०१ जनामा संक्रमण पुष्टि, १९ सय २४ जना कोरोनामुक्त भएसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ९७ पुग्यो, सोमबार कोरोनाबाट थप २४ जनाको मृत्यु, हाल कोरोना सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी, ६७९ जनाको आइसीयू र १७६ जनाको भेन्टिलेटरमा उपचार हुँदै, २४ घन्टामा १२ हजार ३४४ जनाले लगाए कोरोनाविरुद्धको खोप ।

२. लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाए, सोमबार प्रदेशसभामा मुख्यमन्त्री केसीद्वारा ४२ सांसदको मत प्राप्त, सभामुखसहित ४३ जना उपस्थित भएको बैठकमा १ जना तटस्थ, अजय शाही र विमला वली खत्रीलाई पदमुक्त नगरेको विरोधमा लगातार सदन अवरोध गरिरहेपछि एमालेद्वारा बैठक बहिस्कार, सबैलाई मिलाएर अघि बढ्ने केसीको प्रतिवद्धता ।

३. तेस्रो धारका नेताहरूसँग एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्णायक वार्ता, माधवकुमार नेपाल समूह पार्टी दर्ता प्रक्रियाबाट फिर्ता भए कारबाही रोकिने एमाले ओलीको प्रतिबद्धता, कम्युनिष्ट पार्टीलाई बलियो बनाउन एमाले विवाद समाधान गर्न गरेर अघि बढ्नुपर्नेमा ओलीको जोड, पार्टी दर्ता नगर्न नेपाल पक्षलाई तेस्रो धारका नेताको आग्रह, १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समयतालिका तय गर्न उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उप–महासचिव विष्णु पौडेलको सदस्यतामा तीन सदस्यीय कमिटी गठन, मंगलबारको स्थायी कमिटी बैठकमा तेस्रो धार पनि सहभागी हुने ।

४. प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल चन्द्रागिरी हिल्स रिसोर्टमा, एमालेबाट विभाजन भएपछि नयाँ पार्टी सनाखतका लागि निर्वाचन आयोगले बुधबार बोलाएकाले छलफल गर्न आफूनिकट नेताहरू राख्न रिसोर्ट नै बुक, १० बुँदे प्रस्तावले पार्टी एकताबद्ध बनाउँन नसकिने भएकाले आफूहरुलाई स्वीकार्य नभएको नेताहरूको प्रतिक्रिया ।

५. कांग्रेस क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल, सदस्यताका कारण महाधिवेशन प्रभावित बनाउन नमिल्ने पौडेलको निष्कर्ष, जिल्ला सभापतिहरुले क्रियाशील सदस्यको नामावली सार्वजनिक नभए आन्दोलन नै गर्ने भएपछि कांग्रेसले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्ने, देशैभरिबाट क्रियाशील सदस्यको विवरण सफ्टवेयरमा इन्ट्री गर्ने व्यवस्था गरिएकाले अन्तिम नामावलीसमेत डिजिटल कपीमै तयार हुने ।

६. पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने नेपाल प्रहरीका दुई घुमुवा निलम्बित, प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरी घटनाको अनुसन्धान थालियो, जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत खटिएका दुई घुमुवा प्रहरीको योजनामा मोहम्मद मोजिबुल्लाह र शेख अतिउल्लाह सवार बिआर ३० एस–१८८७ नम्बरको मोटरसाइकलमा लागूऔषध नाइट्रोभेटका १५० ट्याबलेट राखिएको सीसीटिभी फुटेजले देखाएको प्रहरीको भनाइ ।

७. भारतीय जनता पार्टीका नेता विजय चौथाइवाले नेपालमा, राजनीतिक भेटघाटमा सक्रिय, शनिवार नेपाल आएका चौथाइवालाले प्रधानमन्त्रीदेखि दलका शीर्ष नेतासँग गरे शीष्टाचार भेट, दुईदेशबीचको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउन सधैँ लागिपर्ने दावी, पार्टीगत हिसाबमा भाजपाले सधैँ नेपालको भलो र स्थायित्व खोजेको चौथाइवालेको भनाइ, मुलुकको राजनीतिक घटनाक्रममा नाटकीय मोड आइरहँदा चौथाइवालेको भ्रमण अर्थपूर्ण रहने परराष्ट्र मामिलाका जानकारको तर्क ।

८. नेपाल आयल निगमले बढायाे पेट्रोलियम पदार्थको मूल्य,  पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ र खाना पकाउने एलपी ग्यासकाे मूल्य २५ रुपैयाँले बढ्याे, निगमलाई १५ दिनमा १ अर्ब १५ करोड नोक्सानी, ग्यासमा मात्रै ६५ करोड घाटा, मानुषी लघुवित्तको आईपिओ बाँडफाँट, भाग्यमानी तीन जनाले पाए ११ कित्ता शेयर, नापतौल विभागले सरकारको स्वीकृति नै नलिइ ग¥यो वैदेशिक अनुदान खर्च, २०७७ मा ५८ लाख खर्च, सुनचाँदीको मूल्यमा झिनो वृद्धि, २ सय बढ्दा मूल्य तोलाको ९१ हजार १ सयमा कारोवार, चाँदी १० रुपैयाँ वृद्धि ।

९.नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक, आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान भ्रमणमा जादै, आसन्न साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली क्रिकेट टिमले सेप्टेम्बर दुई र पाँच तारिखमा भारतसँग मैत्रीपुर्ण खेल खेल्दै, नेपालसँगको मैत्रीपुर्ण खेलका लागि भारतीय टिम अगष्ट ३० मा नेपाल आइपुग्ने ।

१०.र, ३१ अगस्टसम्म अफगानिस्तान छोड्न अमेरिकालाई तालिबानको चेतावनी, पंजशीर उपत्यका घेराबन्दी गरेको तालिबानको दावी, तालिबानलाई अफगान सरकारको मान्यता दिन नसकिने बेलायती प्रधानमन्त्री बोरिसको भनाइ, काबुलबाट व्यावसायिक उडानबाट उद्धार अभियान अघि बढाउने अमेरिकी घोषणा, विद्रोही र अफगान सेनाको गोली हानाहानमा काबुल विमानस्थलमा एक जर्मन सुरक्षा गार्डको मृत्यु, तीन जना घाइते, स्विडेनका प्रधानमन्त्रीद्वारा पार्टी नेतृत्वबाट पनि बिदा लिने घोषणा ।

एक हप्ताभित्र सेना फिर्ता गर्न अमेरिकालाई तालिवानले दियो अल्टिमेटम

प्रतिक्रिया दिनुहोस्