Logo
Logo

काँग्रेस क्रियाशील सदस्यता विवाद टुङ्गियाे, देउवा र पौडेलले बुझे प्रतिवेदन



काठमाडाैँ ।काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन बुझेका छन् ।कांग्रेसको क्रियाशील सदस्यता विवाद सहमतिमै टुंगो लगाउंदै पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन बुझेका हुन् ।

देउवानिवास बुढानिलकण्ठमा पूर्व महामन्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय डा.मिनेन्द्र रिजाल र रमेश लेखकले प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रतिवेदन बुझ्दै सभापति देउवाले अब सहमतिमा तलमाथि नगरी महाधिवेशन प्रक्रिया अगाडि बढाउने बताए । 

छानविन समितिले केही ठाउँमा बाहेकको क्रियाशील सदस्यता टुङ्ग्याएर साउन १२ गते प्रतिवेदन बुझाएको थियो । तर छानविन समितिले बारा र सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतको नयाँ क्रियाशील सदस्यता र अन्तर पार्टी समायोजनमा चर्को विवाद टुंग्याउने जिम्मा नेतृत्व तहमा पठाएको थियो । 

सहमति अनुसार न्यूनतम आधार तयार पारेर अरू पार्टीबाट काँग्रेसमा प्रवेश गरेकाहरूले पनि अधिवेशनमा भाग लिन पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्