Logo
Logo

प्रहरीको भवनमा अनियमितता



काठमाडौं । नेपाल प्रहरीको एक भवन निर्माणमा महालेखा परीक्षकको प्रतिवेदनले अनियमितताको आंशका गरेको छ । भवन निर्माणमा चार वटा ठेक्का दिइएको महालेखाले जनाएको छ ।

मुख्यालयभित्र बनाइएको अडिटोरियम हलको चार वटा ठेक्का दिइएको हो । कतिसम्म भने भवन बनाउन र फिनिसिङ गर्न छुट्टै ठेक्का लगाइएको थियो । सुरुमा भवन बनाउन १० करोड २० लाख ५८ हजार रुपैयाँमा ठेक्का दिइएको थियो । त्यसपछि फर्निसिङका लागि ८ करोड एक लाख ४२ हजारको अर्काे ठेक्का दिइयो ।

भवनमा एयर कन्डिसिङ सिष्टम जडानका लागि ८९ लाख २७ हजारको ठेक्का लगाइएको थियो । त्यस वाहेक वाटर ट्रिटमेन्ट प्रुफिङका लागि ९ लाख ३४ हजार रुपैयाँ छुट्टै खर्च गरिएको छ ।

तत्कालिन प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले भवन आधा मात्र निर्माण हुँदै गर्दा हतार हतारमा उद्घाटन गरेका थिए । यो भवन निर्माणमा ठूलो अनियमितता भएको आरोप लागेको छ । इन्जिनियरीङ विभागका प्रमुख डिआइजी लोकश सिंहको योजनामा यसरी टुक्रा योजना बनाएर ठेक्का दिइएको हो ।

उता सशस्त्र प्रहरी बलमा पनि अनियमितता रोकिएको छैन । कपडा लगायत स्केलका सामान खरिदमा अनियमितता भएको महालेखाले यसपटक पनि औंल्याएको छ । साथै यूएन मिसनका लागि भनेर खरिद गरिएका ३० अर्ब भन्दा धेरैको सामानमा थप भ्रष्टाचार भएको छ । खरिद गरिएका गाडी लगायत सामानलाई बिग्रन नदिन भन्दै बारम्बार पाटपूर्जा खरिद गरी फेर्ने गरिएको छ । बिना प्रतिस्पर्धा यस्ता सामान खरिद हुने गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्