Logo
Logo

कर छल्ने न्यायाधीशको नाम गोप्य


10k
Shares

काठमाडौं । न्यायाधीश र सिडिओ जस्ता महत्वपूर्ण पदमा रहेका व्यक्तिहरुले सुविधा दुरुपयोग मात्र नभई कर समेत छली गर्दै आएको खुलेको छ । देश र जनतालाई न्याय दिने न्यायाधीशहरूले समेत कर छली गर्दै आएको महालेखाको प्रतिवेदनले औंल्याएको छ । ३६ न्यायाधीशले एक करोड ४१ लाख १३ हजार रुपैयाँ पारिश्रमिक कर छलेका छन् ।

न्यायाधीहरुले एक जना चालक र एक जना सहयोगीको सुविधा पाउँछन् । त्यसवापतक एकमुष्ठ रकम उनीहरुको खातामा जानेमा आयमा गणना गरेर आयकर कट्टी नहुने गरेको महालेखाले जनाएको छ । उच्च अदालतका पाँच तथा जिल्ला अदालतका ३१ न्यायाधीशले यसरी कल छलेका हुन् । सो करम असुल गरेर दाखिला गराउन महालेखाले भनेको छ । त्यसरी कर छल्ने न्यायाधीशको नाम गोप्य राखिएको छ ।

स्रोतका अनुसार कतिपय न्यायाधीशले त राज्यबाट लिएको भन्दा थोरै मात्र तलब चालकलाई दिएर बाँकीले आफुले राख्ने गरेको पाइएको छ । कतिपयले सुरक्षाका नाममा प्रहरीबाट चालक लिने गरेका छन् ।

यस्तै धन्दा कतिपय सिडिओको समेत छ । कुनै कानून नै नभएपनि सिडिओले चालक र सहयोगीको तलब पाउँछन् । उनीहरुलेप पनि प्रहरीलाई चालक राखेर यस्तो तलब आफैं खाने गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्