Logo
Logo

पत्रकारद्वारा ‘विद्युतीय कारोबार ऐन’का दफा खारेज गर्न माग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ बैशाख । पत्रकारले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक–पटक पक्राउ गर्नेक्रम बढेको भन्दैउक्त दफा खारेजीको माग गरी धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासँग काठमाडौंको अगुवाइमा पत्रकारले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दैै जिल्ला प्रशासन कार्यालय अगाडि आज एक घण्टा धर्ना दिएका हुन् । काठमाडौं शाखाले पत्रकारमाथि भएको धरपकड रोक्नुपर्नेलगायत माग राख्दै प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।
पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शन्तराम बिंडारीले समाचार लेखेकै कारण पत्रकारलाई धरपकड गरी दुःख दिने कार्य तत्काल रोक्नुपर्ने माग गरे ।
पत्रकार महासंघले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक–पटक पक्राउ गर्ने क्रम बढेको छ भन्दै उक्त दफा खारेजीको माग गर्दै देशभर संघर्षका कार्यक्रम चलाएको छ । महासंघले प्रेस स्वतन्त्रताको माग गर्दै बिहीबार गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनसमेत बुझाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्