Logo
Logo

माधव नेपालको दल दर्ताका लागि बुधबार सनाखत



काठमाडौं । माधवकुमार नेपाल समूहले दल दर्ताका लागि दिएको निवेदनलाई अन्मित रुप दिन काम अघि बढाएको निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता प्रक्रियाका लागि सनाखतको समय तोकेको छ ।

आयोगले बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्म सशरीर उपस्थित भएर सनाखत गर्न भनेको छ । आयोगले सदनाखत गरेपछि राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार २० प्रतिशत सदस्य संख्या पुर्याए दल दर्ताको प्रमाणपत्र दिने छ ।

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशअुनसार दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्छ । एमाले विभाजनका लागि माधव समूहलाई २० प्रतिशत अर्थात २०३ सदस्यीय एमालेको केन्द्रीय कमिटीका ४१ जनाको सनाखत गराउनुपर्ने छ । माधव समूहले दल दर्ताका लागि दिएको निवेदनमा ५७ जना केन्द्रीय सदस्यको नामावली छ ।

प्रतिक्रिया दिनुहोस्