Logo
Logo

नेप्सेका सीईओ साउदले दिए राजीनामा



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले आज (मंगलबार) साँझ नेप्सेकै कार्यालयमा पत्रकार सम्मेलना गरी राजीनामा दिएका हुन् ।

उनी सर्वोत्तम सिमेन्टको ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिएका थिए ।

आयोजित पत्रकार सम्मेलनमा साउदले आफूले पदीय जिम्मेवारीमा रहँदा कुनै अवाच्छित काम नगरेको तर अनुसन्धानमा सहयोग पुर्‍याउन राजीनामा दिएको बताए।

नियामक निकायमा बसेर ‘स्वार्थ बाझिने’ कार्य गरेको भन्दै उनीमाथि अनुसन्धान सुरु भएको थियो । साउदलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। साथै, अर्थ समितिमा उनलाई हटाउनुपर्ने माग उठेको थियो। उनलाई बर्खास्त गरेर अनुसन्धान गर्नुपर्ने सांसदहरुको राय थियो। साउदको कार्यकाल दुई महिना बाँकी छ।

प्रतिक्रिया दिनुहोस्