०७५ जेठ २ मा फर्कने एमालेको निर्णय « Drishti News – Nepalese News Portal
Logo

०७५ जेठ २ मा फर्कने एमालेको निर्णय


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज (मंगलबार) ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा बसेको बैठकले दश बुदेँ सहमति कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

बैठकले २०७५ जेठ २ गतेमा फर्कने निर्णय पनि गरेको छ । साथै, बैठकले पार्टी विभाजनको गतिविधिमा लागेका सबैलाई मूल पार्टीमा फर्कन आग्रह गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनले भने ‘पार्टी एकतामा आबद्ध हुनुस्, पार्टी एकतामा आउन हामीले आग्रह गरेका छौं, पार्टीमा कुनै भेदभाव वा कारबाही हुँदैन।’

बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरुको भेला गर्ने पनि एमालेले निर्णय गरेको छ । त्यसअघि १० भदौमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

एमालेबाट विभाजन भएर एकीकृत समाजवादी पार्टी दर्ताका लागि बुधबार सनाखत गर्नुअघि एमाले स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्