Logo
Logo

एमालेले महाधिवेशन मंसिरमा गर्नेदेखि माधव नेपालको पार्टी सनाखत बुधबार हुनेसम्म



हेडलाइन्स् :

१. पछिल्लो २४ घन्टामा ९ हजार ९०९ नमूनाको पीसीआर र ४ हजार ९०१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २५ सय २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि, थप २ हजार ८६ जना डिस्चार्ज , थप ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु, हालसम्म कोरोनाको सक्रिय संक्रमित ३८ हजार २५० पुग्यो, ६२० जनाको आइसीयू र १७० जनाको भेन्टिलेटरमा उपचार हुँदै, कोरोना बढ्दै जाँदा निषेधाज्ञा पुन थपियो, राति ८ बजेपछि सवारी चलाउन नपाउने निर्णय हटाइयो, साँझ ७ बजेपछि अत्यावश्यक बाहेकका पसल बन्द गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन ।

२. १० बुँदे सहमतिका आधारमा जेठ २ अघिका सबै संगठनहरू क्रियाशील गराउने एमालेको निर्णय, पार्टी एकताका लागि तय भएको १० बुँदे सहमति इमान्दार रुपमा कार्यान्वयनका लागि ६ सदस्यीय कार्यादल पनि गठन, कार्यादलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, विष्णु पौडेल र लेखराज भट्ट रहने, केन्द्रीय महाधिवेशन आउँदो मंसिर १० देखि १२ सम्म हुने, विधान महाधिवेशन असोज ४ देखि ६ सम्म हुने, पार्टी विभाजनमा गएका माधव नेपाल लगायतका नेताहरूलाई ‘मूलघर’मा फर्किन एमालेको आह्वान ।

३. जनताको बहुदलीय जनवाद जबजको युग सकिएको प्रस्तावित नेकपा समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको दावी, जनवादी क्रान्ति सम्पन्न भएसँगै अबको कार्यभार समाजवाद रहेको भन्दै त्यसतर्फ लाग्न पार्टी पंक्तिलाई सुझाव, एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गरेको र आफूहरुलाई पार्टीबाट निष्कासन गरेका कारण बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको माधव नेपालको प्रष्टीकरण ।

४. नेकपा खारेजपछि नेकपा एमालेमा प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट कारबाहीमा परेका लुम्बिनीका दुई सांसदको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार, न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासले उनीहरू दुवै नेकपा एमालेको केन्द्रीय समितिमा भएको भन्दै अन्तरिम आदेश नहुने फैसला जारी ।

५. अफगानिस्तानको राजनीतिक घटनाक्रमका कारण उत्पन्न चुनौती सम्बोधनका लागि तुरुन्तै सरोकारवाला देशहरुसँग वार्ताको पहल गर्न पूर्वराजदूतहरुको सरकारसँग आग्रह, पूर्व नेपाली राजदूत हिरण्यलाल श्रेष्ठ, भारतका लागि पूर्व राजदूतहरु दीपकुमार उपाध्याय र दुर्गेशमान सिंह, अमेरिका र बेलायतका लागि पूर्व राजदूत डा. सुरेश चालिसे र चीनका लागि पूर्व नेपाली राजदूत डा. महेश मास्केले संयुक्त विज्ञप्ति जारी गर्दै सार्क सदस्य राष्ट्रहरुको लागि चासो र चिन्ताको विषय भएको उल्लेख गर्दै सार्क अध्यक्ष राष्ट्रका हैसियतले वार्ताको पहल थाल्न सरकारलाई दिए सुझाव ।

६. नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेकोमा असन्तुष्ट पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासद्वारा अन्तरिम आदेश दिन अस्वीकार, घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, प्राधिकरणको सञ्चालक समितिको बैठकको निर्णय र शाक्य र प्राधिकरणबीचमा भएको सम्झौताको सक्कल फाइल ३ दिनभित्र झिकाउन आदेश ।

७. रौतहटमा सादा पोसाकमा खटिने प्रहरी (घुमुवा)ले लागुऔषध राखेर पत्रकारलाई फसाएको घटना छानविन गर्न प्रहरी प्रधान कार्यालयले बनायो छानविन समिति, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण कुमार महत नेतृत्वमा गठित ४ सदस्यीय समितिमा प्रहरी प्रधान कार्यालय कानुन शाखा र साइबर ब्यूरोका अधिकृत सदस्य रहने, लागुऔषध नाइट्राभेट राख्ने भूमिका खेलेको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) उदयप्रसाद यावद र जवान मनोज शाह समेत निलम्बन र घटनाको वास्तविकताबारे अध्ययन गर्ने ।

८. नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले दिए पदबाट राजीनामा, शेयर बजार करेक्सनतर्फ, एकदर्जन बढी हाइड्रोपावर कम्पनीमा नकारात्मक सर्किट लाग्दा नेप्से ५६ अंक घट्यो, विकास बैंकले कमाए आकर्षक मुनाफा, केहीले वाणिज्य बैंकलाई पनि टपे, नेपाल राष्ट्र बैंकद्वारा आगामी पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई एक वर्ष सम्म म्याद थप गर्न निर्देशन, बालाजुस्थित म्याद नाघेका खाद्य सामग्रीमा रि–लेबलिङ गर्ने कारखानामा छापा, एकजना पक्राउ ।

९. एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा, मुख्य प्रशिक्षक ग्यारी फिलिप्सद्वारा मंगलबार २३ सदस्यीय नेपाली टिमको घोषणा, टिमबाट अमिशा कार्की,अन्चली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा बाहिरिए, पुरूष राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट थप ३ खेलाडी बाहिरिए, मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ३ खेलाडीलाई बाहिर राख्दै २५ खेलाडी छनोट गरेको एन्फाद्वारा जानकारी, कप्तान मेस्सीलाई समेट्दै विश्वकप छनोटका लागि अर्जेन्टिनी टिमको घोषणा ।

१०.र, तालिबान नेतालाई भेट्न सीआईएका निर्देशक सुटुक्क काबुलमा, विदेशी सेना नहटेसम्म नयाँ अफगान सरकार नबन्ने तालिबानको भनाइ, कतारमा कुल जनसंख्याको ८० प्रतिशतले लगाए पहिलो डोज खोप, कोरोनाको डेल्टा भेरियन्ट पनि नियन्त्रण गर्न सफल चीन, २४ घण्टामा संक्रमित शून्य, कोरोना भाइरसविरुद्धको फाइजर खोप पूर्ण स्वीकृति पाउने बन्यो पहिलो खोप ।

प्रतिक्रिया दिनुहोस्