Logo
Logo

उपाधिसँगै कार जित्ने दौडमा यी सुन्दरी (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ बैशाख । ‘मिस नेशनल आइकन–२०१९’ मा यतिखेर १३ जना सुन्दरीहरु प्रतिस्पर्धा गर्दैछन् । यी सुन्दरीबीचको प्रतिस्पर्धा उपाधि भन्दा पनि पुरस्कारका लागि हुँदैछ । ‘मिस नेशनल आइकन’को उपाधिसँगै करिब २६ लाख रुपैयाँ पर्ने ड्याट्सन कार पाउनेछिन् ।


पुरस्कारको हिसाबले यो नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता हो । ब्राइट इन्टरटेनमेन्टले आयोजना गर्दै आएको यस प्रतियोगितामा फस्ट रनरअप हुनेले स्कुटी र सेकेण्ड रनरअपले नगद ५० हजार पाउनेछन् । यहाँ सयौँको संख्यामा हुने सौन्दर्य प्रतियोगितामा यतिका पुरस्कार कसैले दिँदैनन् ।

प्रतियोगिताको यो दोस्रो संस्करणमा यिनै १३ जनामध्ये तीन जना भाग्यमानीले कार, स्कुटी र नगद ५० हजार त पाउनेछन् नै, साथै उनीहरुले विभिन गिफ्टह्याम्पर पनि प्राप्त गर्नेछन् । हाल यी १३ जना प्रतिस्पर्धी सुन्दरीहरुलाई रातोपुलस्थित रक हाउस क्याफेमा आत्मविकासलगायतका विभिन्न प्रशिक्षण दिइरहेको आयोजक संस्थाका अध्यक्ष तथा गायक धनीराम राईले बताए ।

प्रतिक्रिया दिनुहोस्