Logo
Logo
काँग्रेसको १४औँ महाधिवेशन

सहमति खोज्दै पौडेल पक्ष चाक्सीबारीमा


756
Shares

काठमाडौं । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसमा गुटगत भेला र छलफलले तीव्रता पाइरहेको बेला बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् । क्रियाशील सदस्यता, जिल्ला सभापतिको धर्नासँगै महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार चयनबारे उनीहरुबीच छलफल भइरहेको छ ।

पार्टी पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास ठमेलस्थित चाक्सीवारीमा जारी छलफलमा बरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायत उपस्थित रहेको एक नेताले जानकारी दिएका छन् ।

पौडेल पक्षमा सभापतिका आकांक्षीको संख्या धेरै भएपछि लागातार छलफल भएपनि सहमति जुट्न सकेको छैन । केही दिनअघि पनि उनीहरुबीच नेतृत्व चयनका लागि छलफलमा जुटेका थिए ।

यस्तै, क्रियाशील सदस्यता सार्वजनिक गर्न भन्दै पौडेल पक्षका जिल्ला सभापतिहरु आन्दोलनरत छन् । उनीहरुले बुधबारदेखि केन्द्रीय कार्यालयमा अनसन सुरु गर्ने भएका छन् । कांग्रेसको १४औं महाधिवेशन मंसिर दोस्रो साता काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्