Logo
Logo

चन्द्रागिरिबाट सीधै निर्वाचन आयोगतिर



काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधुकुमार नेपाल चन्द्रागिरिबाट सीधै कान्थिपथस्थित निर्वाचनमा आयोगमा जानेका भएका छन् । सोमबार आफ्नो पक्षका नेता तथा सांसदहरुसँग चन्दागिरी पुगेका नेपाल त्यहीबाट आयोग जाने भएका हुन् ।

निर्वाचन आयोगले सनाखतका लागि आज बिहान ११ः३० बजेदेखि दिउँसो २ बजेसम्मलाई समय दिएको छ । उनीहरू चन्द्रागिरि हिल्स रिसोर्टबाट अहिले १० बजे आयोग हिँडेका छन् ।

सरकारले अध्यादेश ल्याएपछि नेता नेपालले नयाँ पार्टी दर्ता गर्न निवेदन दिएका थिए । आयोगले आज भौतिक रूपमा उपस्थित गराएर सनाखत गर्न लागेको हो । सनाखत गरेपछि प्रमाण पुगेमा आजै आयोगले अध्यक्ष नेपाललाई पार्टी दर्ताको प्रमाण पत्र दिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्