Logo
Logo

पार्टी सनाखतका लागि ठाकुर र महतो पनि आयोगमा



काठमाडौं । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु दल दर्ता सनाखत गर्नका लागि निर्वाचन आयोगमा पुगेका छन् । बुधबार पार्टीका अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतोसहितका नेताहरु आयोग पुगेका हुन् ।

अध्यक्ष महतोले आफूहरुसँग १५ जना संघीय सांसद रहेको बताएका छन् । पुरानो कार्यकारिणी समितिबाट ३१ जना र रेशम चौधरीको नाम सनाखत गरिने उनले जानकारी दिए ।

आजै माधवकमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत (समाजवादी) पार्टी सनाखतका लागि आयोग पुगेको छ । दुवै पार्टीलाई आज सनाखत गरी पार्टी दर्ताको प्रमाण पत्र दिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्