Logo
Logo
काँग्रेसमा क्रियाशील सदस्यता विवाद

पौडेल निकट जिल्ला सभापतिहरु धर्नामा



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले क्रियाशील सदस्यता तत्काल सार्वजनिक गर्न माग गरेको छ । बुधबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको बैठकले क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गरेको हो ।

साथै, नेता पौडेल पक्षका जिल्ला सभापतिहरुले पनि सोही माग राख्दै पार्टी कार्यालय सानेपामा धर्ना र अनशन सुरु गरेका छन् । बैठकपछि नेता अर्जुननरसिंह केसीले क्रियाशील सदस्यता सूचीमा आफ्नो नाम परेको छ कि छैन भनेर देशभरका कांग्रेस नेता कार्यकर्ताले थाहा पाउनुपर्ने बताए । उनले भने,। ‘यो हरेक क्रियाशील सदस्यको अधिकारको कुरा हो ।’

बैठकले जिल्ला सभापतिको उम्मेदवारका लागि निर्वाचन निर्देशिकामा उल्लेखित दोहोरो मापदण्ड हटाउनुपर्ने माग गरेको छ । नेता केसीले भदौ १८ गते देशभरका सबै वडामा अधिवेशन हुनुपर्नेमा जोड दिए । बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायत नेताहरु सहभागी भएका छन् ।

यसैबीच कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई सदस्यता सूची बुझाएलगत्तै सार्वजनिक गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्