Logo
Logo

दूतावासमार्फत नेता खनालले गरे सनाखत


1.4k
Shares

काठमाडौं । भारतको नयाँदिल्लीमा उपचाररत नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले नयाँ दल दर्ताका लागि सनाखत गरेका छन् । उनले दूतावासमार्फत निर्वाचन आयोगलाई आफ्नो सनाखत पठाएका हुन् ।

नेता राजेन्द्र पाण्डेका अनुसार दूतावासका कर्मचारीको समन्वयमा नेता खनालको सनाखत भएको छ । उनको सनाखत गर्न दूतावासका प्रतिनिधिहरू आयोगमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्