Logo
Logo

धितोपत्र बोर्डको सदस्यबाट चन्द्र ढकालले दिए राजीनामा



काठमाडौं । व्यवसायी चन्द्र ढकालले नेपाल धितोपत्र बोर्डको संचालक समिति सदस्यबाट राजीनामा दिएका छन् । उनले आज (बुधबार)बाटै लागू हुने गरी राजीनामा दिएका हुन् ।

उनी नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट बोर्ड सदस्य बनेका थिए । महासंघले ढकालको सट्टा अरुलाई नै धितोपत्र बोर्ड संचालक समितिमा पठाउने तयारी भएको छ ।

धेरै पब्लिक कम्पनीमा आफूआवद्ध रहेको र आफ्ना संस्थाहरुको मर्जरको कुरा आउँदा समस्या हुने भएकाले राजीनामा दिएको उनको भनाइ छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकाल पछिल्लो समय सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिदको विवादमा मुछिँदै आएका छन् ।

सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हिजो मात्रै राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्