Logo
Logo

नेकपा समाजवादीका सात नेताले सनाखत गर्न पाएनन्



काठमाडाैं । नेकपा समाजवादी पार्टीतर्फ लागेका सात नेताले दल विभाजनमा सनाखत गर्नबाट वञ्चित हुनुपरेकाे छ ।

तीनजना संघीय सांसद र चार केन्द्रीय सदस्यले माधव नेपाललाई साथ दिएर निर्वाचन आयोग पुगे पनि दल विभाजनमा सनाखत गर्न नपाएका हुन् ।

प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद तथा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे, समानुपातिक सांसद माया ज्ञवाली र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले दल विभाजनमा सनाखत गर्न पाएनन् ।

त्यस्तै केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राजन राई, केन्द्रीय सदस्य विक्रम शाही र रामप्रित पासवानको पनि सनाखत हुन सकेन । तर उनीहरु एकीकृत समाजवादीको केन्द्रीय समितिमा छन् । भाष्कर काफ्लेको पनि सनाखत हुन पाएन ।

सनाखत नहुने सांसदले अब एमाले त्यागेमा सांसद पद जाने भएकाले निर्वाचन आयोगविरुद्ध उनीहरु सर्वोच्च अदालत जाने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्