Logo
Logo

कांग्रेसका १० शीर्ष नेता बसे पार्टी कार्यालयमा धर्ना



काठमाडाैं । १४ औं महाधिवेशनको प्रक्रिया सुरू हुन लागेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट जिल्ला सभापतिहरूले धर्ना र रिले अनसन सुरू गरेका हुन्।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी रिले अनसनमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १० जना केन्द्रीय सदस्यहरूले ऐक्यवद्धता जनाएर फर्केका हुन् ।

सानेपामा नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसी, काभ्रे सभापति मधु आचार्य र धादिङ सभापति रमेश धमला रिले अनसनमा बसेका छन् । उनीहरूलाई ’सबल कांग्रेस निर्माणका लागि हाम्रो अभियान’ बाट रञ्जित कर्ण र डिल्लीराम सुवेदीले साथ दिएका छन् ।

वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु र दीपक गिरी रिले अनसनस्थल पार्टी कार्यालयमा पुगेर फर्केका हुन्।

क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि सभापति देउवाले निर्वाचन समितिलाई क्रियाशीलको नामावली बुझाउने र निर्वाचन समितिले पार्टी वेबसाइटमा अन्तिम सूची राख्ने वैधानिक व्यवस्था छ। तर कांग्रेस संस्थापन पक्षले तयारी नपुगेको भन्दै क्रियाशीलको विवरण सार्वजनिक गरिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्