Logo
Logo

केपी ओली राष्ट्रघाती हुन् : उपेन्द्र यादव



माेरङ । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रघातीको संज्ञा दिएका छन् ।

विराटनगरमा आयोजित प्रदेश १ स्तरीय अभिमूखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी शर्मा ओली राष्ट्रघाती भएको बताएका हुन् ।

नयाँ नक्सा पास गरेको केही दिनपछि ओलीले लम्पसार परेर लौ प्रभु मैले गल्ती गरें मलाई जोगाइदेऊ भन्दै शरणमा परेर देशको शीर निहुराउने काम गरेको उनको भनाइ थियो ।

‘ओली राष्ट्रवादी होइनन्, नक्कली राष्ट्रबादीको खोल ओडेर जनतालाई झुक्याएर, भ्रममा पारेको अहिले देखा परिरहेको छ,’ यादवले भने, ‘केपी जतिको राष्ट्रघाती कोही पनि देखिन ।’

प्रतिक्रिया दिनुहोस्