Logo
Logo

वाइसिएलको राष्ट्रिय भेला १२ र १३ भदौमा, को को छन् अध्यक्षका दावेदार ?



काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालकाे यही भदौं १२ र १३ गते राष्ट्रिय भेला आयोजना हुँदैछ । भर्चुअल विधिबाट हुने उक्त भेलाले नयाँ नेतृत्व चयन गर्नेछ ।

हालसम्म वाइसिएलको अध्यक्ष चार जनाले दावी गरेका छन् । वाइसिएलका वर्तमान उपाध्यक्षहरु सुमन देवकोटा (अब्दुल), यशोदा न्यौपाने र सुरज सिंह तथा महासचिव सुवोध सेर्पाली अध्यक्षका दाबेदार हुन् । तर, वाइसिएलका वर्तमान अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सहमतिबाटै नयाँ नेतृत्व चयन हुने बताएका छन ।

वाइसिएल नेपालका प्रवक्ता पुष्प ओलीका अनुसार कोरोना संक्रमणको जोखिम भएकाले जिल्ला प्रशासनले भौतिक उपस्थितमा भेला वा सभा सम्मेलन गर्न रोक लगाइएकाले भर्चुअल विधिबाट राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो ।

भेलामा केन्द्र र सात प्रदेश गरी नेता तथा प्रतिनिधिलगायत ६४७ जना सहभागी हुनेछन् । उक्त भेलालाई अध्यक्ष अध्यक्ष प्रचण्डसहित नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्