दार्चुलाको तुइन घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक निर्देशन « Drishti News – Nepalese News Portal
Logo

दार्चुलाको तुइन घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक निर्देशन


दृष्टि संवाददाता


काठमाडौं । संसदको राज्य व्यवस्था समितिले दार्चुलाको महाकाली नदीमा भएको तुइन घटनाबारे छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले दार्चुला घटनाको सत्यतथ्य यथाशीघ्र सार्वजनिक गरेर कुटनीतिक पहलद्वारा दोषीलाई कानूनी कारबाहीको व्यवस्था गर्न निर्देशन दिएको हो ।

साथै, पीडित परिवारलाई क्षतिपूर्ति दिन समेत समितिले सरकारलाई निर्देशन दिएको छ । गत साउन १५ गते महाकाली नदी पार गर्नका लागि तुइन तर्ने क्रममा खसेर दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएका थिए । उक्त घटनामा भारतीय एसएसबीले तुइन खोलिदिएको दावी गरिएको छ । बेपता धामी अझै भेटिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्