Logo
Logo

ओली अतिवादबाट मुक्त भयौं : माधवकुमार नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो छाडेका नेताहरुले विभिन्न नाममा दल दर्ता गराएको, त्यो अहिले कायमै रहेको बताएका छन् । दल दर्ता गरेपछि पहिलो बिहीबार आयोजित पत्रकार सम्मलेनमा अध्यक्ष नेपालले यस्तो खुलासा गरेका हुन् ।

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु अप्ठ्यारोमा पर्ने भएकाले मात्र त्यसबेला पार्टी दर्ता नगरेको उनले बताए । अध्यक्ष नेपालले राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नेकपा एकीकृत समाजवादी पार्टी बनाएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले अहिले परिस्थितिमा परिर्वतन आएको र केपी शर्मा ओलीको कब्जामा रहेको पार्टीमा गुम्सिएको अवस्थाबाट निकास पाएको समेत बताए । उनले भने, ‘हिजोदेखि साथ दिएका कतिपय नेताहरुले अहिले साथ छाडेको छन् । उनीहरु थाकिरहन्छन्, मेरो केही गुनासो छैन ।’

अध्यक्ष नेपालले थपे, ‘इतिहासमा यस्तो धेरै भएको छ । समूहमा र पार्टीमा यस्ता विद्रोह भएका छन् । ठूलो पंक्तिले ओली समूहबाट विद्रोह गर्नुभएको छ । हामीले उतिबेलै पार्टी खोल्न सक्थ्यौँ ।’

प्रतिक्रिया दिनुहोस्