Logo
Logo

कक्षा १२ का परीक्षार्थीलाई शिक्षा मन्त्रालयले भन्याे ‘खाेप लगाऊ’



काठमाडाैं ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ लगायतका परीक्षा दिने परीक्षार्थीहरुलाई कोरोना विरुद्ध खोप लगाउन आग्रह गरेको छ ।

बिहीबार सूचना जारी गर्दै मन्त्रालयले कक्षा १२ को परीक्षा दिन तयारी गरिरहेका र अन्य विभिन्न निकाय परीक्षार्थीहरुलाई खोप लगाउन आग्रह गरेको हो । परीक्षार्थीहरुलाई खोप लगाउने व्यवस्था मिलाइसकेको मन्त्रालयले जनाएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘शिक्षा मन्त्रालयको अनुरोध अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट तोकिएका विभिन्न खोप केन्द्र मार्फत कक्षा १२ र सो भन्दा मागिका विभिन्न तहका परीक्षामा सहभागी हुनुहुने विद्यार्थीहरुलाई लक्षित गरि कोभिड–१९ विरूद्ध गराउने प्रबन्ध मिलाई सकिएको छ ।’

प्रतिक्रिया दिनुहोस्