Logo
Logo

एकीकृत समाजवादीको निष्कर्ष : ओली दक्षिणपन्थी, ‘तेस्रो धार’ मध्यपन्थी



काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीले नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भएको आरोप लगाएको छ।

नेकपा एमालेबाट विद्रोह गरेर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले दक्षिणपन्थी अवसरवादीहरु मात्र होइन, मध्यपन्थी अवसरवादीहरुबाट समेत विजय प्राप्त निष्कर्ष निकालेको हाे।

बिहीबार एक वक्तव्य जारी गर्दै समाजवादी पार्टीले विभाजनको क्रममा आफ्नो साथ छाडेका नेताहरुलाई अवसरवादी मात्रै नभएर मध्यपन्थी भएको आरोप समेत लगाएकाे छ ।

‘नेपाली कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादको भासमा डुब्नबाट बचाएर क्रान्तिकारी धार दिई नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्ने उद्देश्यले गरिएको यस विद्रोहबाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को उदय भएको छ ।’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

दक्षिणपन्थी अवसरवादीहरूबाट मात्रै होइन नभएर मध्यपन्थी सबै अवरवादीहरूबाट समेत गरिएका अनेकन जालझेल, षडयन्त्र, हमला र अपहरणका प्रयाससमेत परास्त गर्दै विद्रोह सफल भएको उल्लेख गरिएको छ।

एकीकृत समाजवादी नेपाली सर्वहारा श्रमजीवी वर्ग र आम नेपाली न्यायप्रेमी जनताको हित प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी भएको दाबी गरेका छन्।

‘नेपाली समाजमा व्याप्त सामन्ती तथा साम्राज्यवादी शोषण, दमन र उत्पीडनको अन्त्य गरी सबैखाले विभेदको अन्त्य गरी समाजको स्थापना गर्ने ती लक्ष्य अझै धेरै काम गर्न बाँकी छ। यो पार्टी ती सवै लक्ष्य प्राप्तिको सङ्घर्षमा डटिरहने प्रतिबद्धता जाहेर गर्दछ,’ वक्तव्यमा उल्लेख छ।

मुलुकमा राजनीतिक स्थिरता संविधानको रक्षा गर्न र चालु प्रतिनिधिसभालाई पूर्ण कार्यकाल टिकाउनुपर्नेमा वक्तव्यमा जोड दिइएको छ। सरकारले सुशासन र पारदर्शितालाई दृढताका साथ जनहित जनसरोकारका काम होउन् भन्ने चाहेको प्रष्टाएका छन्।

प्रतिक्रिया दिनुहोस्