Logo
Logo

बिप्लव निकट किसान संघ पाल्पाका अध्यक्ष पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

बिप्लव

बेझाड, ६ वैशाख । बिप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान संघ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ ।
तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताएका छन् ।
बस्याललाई आजै मुद्दा दर्ता गर्ने तयारी भइरहेको र कुन मुद्दा दर्ता गर्ने भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए । मदनपोखरा निवासी बस्याल बिप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य र किसान संघका केन्द्रीय सदस्य पनि हुन् । रासस

प्रतिक्रिया दिनुहोस्