Logo
Logo

एकीकृत समाजवादी पार्टी निकट प्रेस संगठनको संयोजकमा शम्भु श्रेष्ठ



काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध पत्रकार सङ्गठनको नाम समाजवादी प्रेस नेपाल तय भएको छ । सङ्गठनका नेता विश्वमणि सुवेदीको अध्यक्षता आज सम्पन्न भेलाले सङ्गठनको तदर्थ समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई तोकेको हाे ।

दृष्टि साप्ताहिकका सम्पादक रहेका श्रेष्ठ प्रेस चौतारी नेपालको संस्थापक सदस्य तथा तीन कार्यकाल अध्यक्ष भइसकेका छन् । समितिले दुई साताभित्र राष्ट्रिय भेलाको आयोजना गरी केन्द्रीय समितिलाई पूर्णता दिने भएको छ ।

भेलामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेताहरु राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, डा विजय पौडेल, वरिष्ठ पत्रकार चौतारीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईँ, वरिष्ठ पत्रकार किशोर श्रेष्ठ लगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्