Logo
Logo

जयसिंह धामीको परिवारलाई राहतदेखि ओली-माधव आरोप प्रत्यारोपसम्म



हेडलाइन्स् :

१. पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप २६ जनाको मृत्यु , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार थप २४ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ६२० जनाको आइसीयू र १६५ जनाको भेन्टिलेटरमा उपचार हुँदै, पछिल्लो २४ घन्टामा ७० हजार २६ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी, जापानको खोप कक्षा १२ का परीक्षार्थीलाई, १८ वर्षभन्दा मुनिकालाई मोडर्ना र फाइजर दिने सरकारको तयारी ।

२. तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख दिने सरकारको निर्णय, चीनमा उत्पादन गरिएको एमआरएनए खोपलाई नेपालमा परीक्षण गर्न अनुमति प्रदान, नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व मुख्य न्यायाधीश जागेश्वरसिंह सुवेदीलाई नियुक्त, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त ।

३. माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नेकपा एमाले अदालतमा जाने, पार्टीले काबराही गरेर सूचना दिइसकेको व्यक्तिहरुलाई समेत गणना गरेर सनाखत गराएको, अनुपस्थित व्यक्तिको पनि सनाखत गर्नुका साथै हस्ताक्षर नगरेका व्यक्तिहरुको समेत सनाखत गरिएको एमालेको आपत्ति, १० बुँदे सहमति अनुमोदन गर्दै तत्काल कार्यान्वयनमा लैजाने , प्रदेश र र मातहतका कमिटीहरुलाई २ जेठ २०७७ पूर्वको अवस्थामा लैजान प्रदेश समन्वय कमिटीले समन्वय गर्ने , २ जेठ २०७५ पूर्वको अवस्थामा लैजान महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र टोपबहादुर रायमाझी सम्मिलित कार्यदल गठन ।

४. नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भएको कपा (एकीकृत समाजवादी) पार्टीको निष्कर्ष, विभाजनको क्रममा आफ्नो साथ छाडेका नेताहरुलाई अवसरवादी मात्रै नभएर मध्यपन्थी भएको आरोप , दक्षिणपन्थी अवसरवादीहरूबाट मात्रै होइन नभएर मध्यपन्थी सबै अवरवादीहरूबाट समेत गरिएका अनेकन जालझेल, षडयन्त्र, हमला र अपहरणका प्रयाससमेत परास्त गर्दै विद्रोह सफल भएको उल्लेख, वागमती र प्रदेश १ का मुख्यमन्त्रीलाई समर्थन गर्न नसकिने अध्यक्ष माधवकुमार नेपालको भनाइ ।

५. प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता भीम आचार्य नियुक्त, मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेता तथा मुख्यमन्त्रीबाट राजीनामा दिएपछि बसेको संसदीय दलको बैठकमा ५१ सदस्य मध्ये २४ सदस्यको उपस्थितमा आचार्य दलका नेता चयन, आचार्यद्वारा प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारी समक्ष शपथग्रहण, मुख्यमन्त्री बनेपछि एक महिनाभित्र आचार्यले संसदमा विश्वासको मत लिनुपर्ने ।

६. निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको पहिलो बैठकद्वारा प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वःघोषणा गराउने विषयमा छलफल, बदलिँदो परिस्थितिसँगै जनतामा कसरी जाने भन्ने विषयमा पनि छलफल , सांगठनिक संरचना कसरी कसरी र कुन मोडालिटीमा बनाउने विषय समेत प्राथमिकतामा, थप बैठक बसेर टुंगोमा जाने बैठकको निर्णय ।

७. राज्य व्यवस्था तथा सुशासन समितिले निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देश,दार्चुला जिल्लाका जयसिंह धामीको तुइन तर्ने क्रममा बेपत्ता भएको घटनाबारे तत्काल कारबाही प्रक्रिया अघि बढाउन पनि सरकारलाई निर्देशन दिएको समितिकी सभापति शशी श्रेष्ठद्वारा जानकारी, दार्चुलाको व्यास नगरपालिकाका जनतालाई आवश्यक औषधि र खाद्यान्नको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन, चाडबाड नजिकँदै गरेकोले चाडबाडमा हुने उपभोग्य सामग्रीमा अश्वभाविक मूल्यवृद्धि, जनस्वास्थ्यलाई असर गर्ने गुणस्तरहीन सामग्री र कालोबजारी रोक्न पनि सरकारलाई समितिको निर्देशन ।

८. तेह्रथुम पावरको आइपीओमा १३ लाख बढीले गरे आवेदन, तीन दिनको निरन्तर गिरावट पछि नेप्सेमा सामान्य सुधार, विकास बैंक, फाइनान्स र जलविद्युत कम्पनीहरुमा लगानीकर्ताको आकर्षण, साढे ९ खर्ब रेमिट्यान्स नेपाल भित्रियो, सामाजिक सुरक्षामा आबद्ध हुनेले सबै हिसाबकिताब हेर्न पाउने, उद्योग परिसंघ र कोषबीच छलफल, अन्तर्राष्ट्रिय व्यापार पहिलो महिनामै उत्साहजनक, साढे १ खर्बको वस्तु आयात ।

९. राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारको दोहामा हुने, भदौ २५ गते टोली कतार जाने, कतार जानु अघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २०मा आयोजना हुने, श्रीलंकाका सेकुगेले चितवनबाट ईपीएल खेल्ने, विश्वकप छनोटका लागि इंग्ल्याण्ड टिमको घोषणा, ग्रिनउड, बेन र ह्वाइटलाई टिम बाहिर,इंग्ल्यान्डका पूर्व कप्तान टेड डेक्स्टरको निधन, फर्कियो च्याम्पियन्स लिग, आज राति समूह चरणको ‘ड्र’ ।

१०.र, काबुल विमानस्थल बाहिर आतंकवादी आक्रमणको चेतावनी दिएको केहीि घण्टामै विमानस्थल नजिकै विस्फोट, तालिबानले पाकिस्तानलाई भन्यो दोस्रो घर, भारतले छिमेकीसँग सम्बन्ध सुधार्नुपर्ने तालिबानको सुझाव, अफगानिस्तानमा तालिबानले कब्जा गर्नुमा पाकिस्तान जिम्मेवार रहेको अफगानिस्तानका पहिलो उपराष्ट्रपति अमरुल्ला सालेहलको आरोप, अफगान निजी टेलिभिजन च्यानल टोलो न्युजका दुईजना पत्रकार तालिबानबाट कुटपिट, अफगानिस्तानमा एक प्लेट खानाको १ सय डलर, भारतमा फेरि बढे कोरोना संक्रमित, एकै दिन ६ सय जनाको मृत्यु ।

Afghanistan: large explosion hits entry gate at Kabul airport | Afghanistan  | The Guardian

प्रतिक्रिया दिनुहोस्