Logo
Logo

भुपू सैनिक परिवारलाई बुटवलमै स्वास्थ्य सेवा


दामोदर खनाल


बुटवल । अब भारतीय भुतपूर्व सैनिक परिवारका लागि भारत सरकारले उच्चस्तरीय स्वास्थ्यउपचार सेवा बुटवलमै उपलब्ध गराउने तयारी सुरु गरेको छ । यो सेवाबाट यस क्षेत्रका करिब २५ हजार भूपू परिवार लाभान्वित हुने भएका छन् ।

बुटबलको फुलबारीमा संचालित पेन्सन क्याम्प अवलोकनका क्रममा बुटवल आएका भारतीय राजदुतावासको रक्षा सहचरि डिफेन्स अटेचि कर्नेल अमित शर्माले बुटवलमा भुपू सैनिक परिवारका लागि यस क्षेत्रकै अस्पताललाई आबद्व गराई उच्चस्तरीय चिकित्सकिय सेवाको ब्यवस्था गरिने वताए ।

बिहीबार बुटवलको तामनगरमा रहेको चारपाला भूपु सैनिक क्लवमा आयोजित कार्यक्रममा उनले पोलिल्किनिक सेवाका लागि लगातार प्रयास गरिरहेको बताउँदै भुपूहरु र भुपु सैनिक क्लवलाई जागरुक बनाउन तालिम संचालन गर्न सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

यससँगै अब भूतपूर्व सैनिक तथा परिवारलाई औषधोपचारका लागि काठमाडौं जान नपर्ने भएको छ । यसले समय र रकमको बचत हुनुका साथै करिब २५ हजार भूपू परिवार यो सेवाबाट लाभान्वित हुनेछन् । यस अवसरमा संयुक्त भूतपूर्व सैनिकका केन्द्रीय अध्यक्ष कर्नेल धनबहादुर थापाले यस क्षेत्रमा भूपुहरुले सामाजिक क्षेत्रमा बिभिन्न रचनात्मक कार्य गर्दै आएको जानकारी दिए ।

यसैगरी भारतीय राजदुतावासको रक्षा सहचरि डिफेन्स अटेचि कर्नेल अमित शर्मासहितको टोलीले बिहीबार नै नवलपरासीको सुनवलमा करिब १२ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको शहिद स्मारक पार्कको अवलोकन गर्दै भूपू सैनिक र तिनका परिवारलाई परेका समस्याका बारेमा जानकारी लिएका थिए ।

कार्यक्रममा संयुक्त भुपू सैनिकका केन्द्रीय महासचिव कुलबहादुर केसी, भुपू सैनिकका जिल्ला अध्यक्ष किसन थापा, मेडिकल ईन्चाज कर्नेल उदयवीर सगानी, सुवेदार पुरन शाहीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्