Logo
Logo

पहिरोमा परी एकै घरका तीन बेपत्ता



नवलपरासी । नवलपरासी पूर्वमा अविरल वर्षापछि पहिरो जाँदा एउटै घरमा तीन जना बेपत्ता भएका छन् । शुक्रबार हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरो आउँदा ५० वर्षीया धनमाया पुलामी, उनकी नातिनीहरू ७ वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता भएका छन् ।

परासी प्रहरीका अनुसार ५० वर्षीय हस्तबहादुर पुलामीको घर पहिरोमा पुरिएको छ । पहिरोमा पुरिएका हस्तबहादुरको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । बेपत्ता तीन जनाको खोजीका लागि जनपद र सशस्त्र प्रहरीका १६ जना प्रहरी खटाइएको छ । बिहान करिब २ बजे पहिरो गएको थियो ।

प्रतिक्रिया दिनुहोस्