Logo
Logo

‘कसैलाई पराजित गर्ने मेरो उद्देश्य होइन’


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनको तयारीका लागि नयाँ बानेश्वरमा नीजि सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने निर्णयगरेसँगै निधिले सम्पर्क कार्यालय खोलेका हुन् ।

नेता निधिले आफू कसैलाई पराजित गर्न पार्टी सभापति हुन नखोजेको बताए । निधिले भने, ‘म सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको छु, त्यसकै लागि सम्पर्क कार्यालय स्थापना गरेको छु ।’

आफ्नो लक्ष्य आगामी चुनावमा सबै तहमा कांग्रेसलाई बहुमत दिलाउनु भएको उनले बताए । उपसभापति निधिले अघि भने, ‘म कसैलाई पराजित गर्न, असक्षम घोषित गर्न वा रिटायर्ड गर्न सभापति हुन लागेको होइन ।’

नेता निधिले सभापति शेरबहादुर देउवालाई आफू पनि सभापति पदमा उम्मेदवारी दिने जानकारी गराइसकेका छन् । तर, देउवाले भने सभापतिमा दाबेदारी नगर्न आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्