Logo
Logo

प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्‌को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आएका बालाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ । पदावधि समाप्त हुने एक महिना अघि अर्थात साउन २५ गतेदेखि उनी घरविदामा बस्ने हुनाले जेष्ठताका आधारमा शर्मा कायममुकायम प्रधान सेनापति तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

शर्मालाई कायममुकायम प्रधानसेनापति तोक्न मन्त्रिपरिषद्‌को साउन १२ गतेको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्