Logo
Logo

सवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिनेदेखि ह्वाटमाेरले राजीनामा दिएकाेसम्म



हेडलाइन्स् :

१. पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप २५ जनाको मृत्यु, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप २ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ६२२ जनाको आइसीयू र १७१ जनाको भेन्टिलेटरमा उपचार हुँदै, २४ घन्टामा १ लाख ७९ हजार ८ सय ६५ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी, २३ सय ३७ जना संक्रमणमुक्त हुँदा देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय ९९ पुग्यो ।

२. अध्यादेश ल्याएर संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध परेका निवेदनको पहिलो र अन्तिम सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संलग्न नहुने , अनुपस्थित हुने घोषणा, उनीपछिका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा गठन हुने इजलासले मुद्दाको सुनुवाइ गर्ने, संवैधानिक परिषदले गरेका नियुक्ति खारेजीसम्बन्धी मुद्दाको सुनुवाई अब राणाबिनाको संवैधानिक इजलासमा अर्को शुक्रबारलाई पेसी तोकियो ।

३. नेकपा एमालेबाट अलग भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले ९ भदौमा नयाँ दलको वैधानिकता पाएसँगै आइतबार संसदीय दलको नेता चयन गर्ने, बैठकले संसदीय दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्ने, दल दर्ताका बेला सनाखत गर्न नपाएका प्रतिनिधिसभा सदस्यहरु सोमप्रसाद पाण्डे, तुलसा थापा र माया ज्ञवाली अनि राष्ट्रियसभाका शारदादेवी भट्ट पनि आफूसँगै रहेको एकीकृत समाजवादीका नेताहरुको दावी ।

४. दलदलमा फसेकाहरुलाई सरकारले अध्यादेश ल्याएर उद्धार गरेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको टिप्पणी, प्रतिगमन विरुद्धको आन्दोलन छोडेर केपी शर्मा ओलीको असंवैधानिक कदमको मतियार बन्न पुगेकाहरु दलदलमा फसेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धार गरेको प्रतिक्रिया, महन्थ ठाकुर लोकतन्त्र समाप्त गरी स्वेच्छाचारी ढंगबाट एउटै संसदलाई २ पटक भंग गरेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मतियार बनेको यादवको आरोप, समय अनुसार परिवर्तन नभए संविधान समाप्त हुने चेतावनी ।

५. कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा नेताहरू प्रचारप्रसारका लागि सम्पर्क कार्यलय खोल्न ब्यस्त, सभापतिको औपचारिक उम्मेद्वारी घोषणा गर्दै उपसभापति विमलेन्द्र निधिद्वारा सम्पर्क कार्यालयको उदघाटन, कांग्रेस क्रियाशील सदस्यता विवादलाई लिएर असन्तुष्टी जनाउँदै पार्टी कार्यालयमा अनसन बसेका जिल्ला सभापतिको मागमा वरिष्ठ नेता रामचन्द्र पौडेलको एक्यबद्धता, माग सम्बोधन गर्न नेतृत्वको ध्यानाकर्षण, केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवद्वारा बिहीबार ३८ र शुक्रबार १० गरी ४८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक ।

६. नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यद्वारा दुई सदस्यीय मन्त्रिपरिषद विस्तार, सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा लछुमन तिवारी नियुक्त, नियुक्त भएलगत्तै प्रदेशप्रमुख समक्ष सपथ, सपथ लगत्तै पद्भार ग्रहण ।

७. मनसुन शुरु भएयता गत जेठ ३१ पछि मुलुकभर मनसुनजन्य घटनामा ८५ जनाको मृत्यु, ४४ जना बेपत्ता, पाँच हजार ५०० भन्दा बढीलाई उद्दार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयद्वारा जानकारी, विपद्बाट ७० जिल्ला प्रभावित, बाढी पहिरोले क्षति पु¥याएको ३८ जिल्लामा पुनःनिर्माण गर्न एक अर्ब ११ करोडभन्दा बढी लाग्ने अनुमान , बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र बसोबासको व्यवस्था मिलाउन गृहमन्त्री खाणको निर्देशन ।

८. तेह्रथुम पावरको आइपीओमा ३० गुणा बढी आवेदन, दुई दिनमा दुई अर्ब बढीको शेयर माग, सुनको मूल्य एक सातामा तोलामा ४ सय रुपैयाँले वृद्धि, शुक्रबार पनि तोलामा ५ सय बढ्यो , आन्तरिक राजस्व विभाग कर्मचारीबीच कार्यसम्पादन सम्झौता, करदाता सेवा चुस्त बनाउन प्रतिबद्ध, यातायात व्यवस्था विभागले सवारी लाइसेन्सको लिखित तथा प्रयोगत्मक परीक्षा खुलाउने, मापदण्ड अनुसार कार्यलयको जनशक्ति, परिक्षा सञ्चालनको लागि आवश्यक भवन र परीक्षा हलको उपलब्धताको आभारमा एक सिफ्टमा बढीमा १०० जना परिक्षार्थीको परीक्षा गराउने ।

९. राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेब ह्वाटमोरले दिए पदबाट राजीनामा, भारतीय समाचार संस्था न्यूज नाइनका अनुसार उनले ओमानमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज सकाएपछि बाहिरिने, नेपाल क्रिकेट संघ (क्यान)ले दुई स्थानमा राष्ट्रिय महिला क्रिकेट टिमको प्रारम्भिक बन्द प्रशिक्षण संचालन गर्ने , विश्वकप छनोट आगामी नोभेम्बरमा मलेसियामा हुने, नेपालसँगको मैत्रिपुर्ण खेलका लागि भारतीय टिमको घोषणा, सुनिल पनि खेल्ने ।

१०.र, अफगानिस्तानको काबुल विमानस्थल विस्फोटमा मृत्यु हुनेको संख्या ९० नाघ्यो, घटनाको जिम्मा आइएसले लियो, विस्फोटमा १३ अमेरिकी सैनिकको समेत मृत्यु, अफगानीहरुलाई आकस्मिक प्रवेश अनुमति दिने भारतको घोषणा, पाकिस्तानमा आपराधिक ग्याङहरूलाई राजनीतिज्ञहरूले संरक्षण गरेको आन्तरिक मामिला मन्त्रीको भनाइ, प्रतिपक्षी दलले माग्यो राष्ट्रपति बाइडेनको राजीनामा ।

प्रतिक्रिया दिनुहोस्