Logo
Logo

बाढी पहिरोबारे गृहमन्त्रीद्वारा चार जिल्लाका प्रमुखसँग लिए जानकारी



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बाढी पहिरोबारे जानकारी लिएका छन् । लगातारको वर्षातका कारण देशभर बाढी, पहिरो र डुबानबारे खबर आइरहेका बेला शनिबार सशस्त्र प्रहरी बलका अधिकारी र प्रभावित चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएका हुन् ।

गृहमन्त्री खाणले प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुखहरूसँग बाढी, पहिरो र डुबानबारे जानकारी लिएका थिए ।

गृहमन्त्री खाणले नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी माया भट्ट्राई पंगेनी, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी ध्रमेन्द्रकुमार मिश्र, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी वर्षातपछिको अवस्थाबारे जानकारी लिए ।

मन्त्री खाणले अहिलेसम्मको कामको प्रशंशा गर्दै अझै वर्षात जारी रहेकाले पूर्वतयारी पूर्णरुपमा गर्न निर्देशन दिँदै भने, ‘अहिलेसम्म तपाईहरुले राहत, उद्धार र अस्थायी बसोबासको व्यवस्था गर्न गरेको काम सराहनीय छ ।’

प्रतिक्रिया दिनुहोस्