Logo
Logo

रुपन्देही एमाले समानान्तर कमिटी समाजवादीमा रुपान्तरित



बुटवल । रुपन्देहीमा नेकपा एमालेको समानान्तर कमिटी सञ्चालन गर्दै आएको माधवकुमार नेपाल पक्षको जिल्ला कमिटी नेकपा एकिकृत समाजवादीमा रुपान्तरण गरिएको छ ।

शुक्रबार बुटवलमा एकीकृत समाजवादीको रुपन्देही जिल्ला कमिटी बैठकले सर्वसम्मतले यसअघि एमालेको समानान्तर कमिटीलाई नेकपा एकिकृत समाजवादीमा रुपान्तरित गर्ने निर्णय गरेको हो ।

एमालेको जिल्ला स्तरिय समानान्तर कमिटीलाई एकिकृत समाजवादीमा रुपान्तरित गर्ने निर्णय भएको नेता सिद्विचरण भट्टराईले बताए । समानान्तर कमिटीका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा बसेको बैठकमा सहभागीहरूले केपी ओली नेतृत्वको एमालेले देश, जनता र कम्युनिस्ट आन्दोलनलाई धोका दिएका कारण एमालेबाट बिद्रोहको विकल्प नरहेको निष्कर्ष निकालेका थिए ।

बैठकमा साविक एमाले उपाध्यक्ष पुरुषोत्तम घिमिरे, सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा काफ्लेलगायतले क्रान्तिकारी रुपान्तरणका लागि एकिकृत समाजवादीमा समाहित हुनुको विकल्प नभएको बताए ।

सद्धार्थ नगरपालिकाका नगर प्रमुख हरि अधिकारी र तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरी चौधरीले कार्यव्यस्तताका कारण उपस्थित नभएपनि आफुहरूको नेकपा एकीकृत समाजवादीमा रहेको सन्देश पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्