Logo
Logo

सुदुरपश्चिम एमाले सचेतक बिक एकीकृत समावादीमा



काठमाडौं । नेकपा एमाले सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गा ुमारी बिक नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेकी छन् ।

एमाले नेता भीम रावलको गृह जिल्लाकी विक माधव नेपाल समूूहकै नीति, सिद्धान्तलाई आत्मसाथ गर्दै प्रतिगमनविरुद्ध संघर्ष गरेको भन्दै बिकले नेकपा (एकीकृत समाजवादी) पार्टीमा आफू रहने घोषणा गरेकी हुन् । बिक पार्टी विभाजनपछि कुनै पक्षमा खुलेकी थिइनन् ।

एमाले विभाजनका बेला बिकले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिएका १७ जनामध्ये कम्तीमा १३ जना प्रदेशसभा सदस्य नेकपा (एकीकृत समाजवादी)तिर लाग्ने बताइन् ।

बिकसँगै अहिलेसम्म आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, पूर्वउद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र प्रदेशसभा सदस्य अमरबहादुर साउँद एकीकृत समाजवादी पार्टीतिर खुलेका छन् ।

प्रतिक्रिया दिनुहोस्