Logo
Logo

मोरङ र प्यूठानको जिल्ला कमिटी एकीकृत समाजवादी पार्टीमा समाहित



काठमाडौं । माधवकुमार नेपाल समूहले मोरङ र प्यूठान जिल्लामा गठन गरेको जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा आज रुपान्तरण भएको छ ।

मोरङ जिल्लामा चन्द्रवीर राई नेतृत्वको जिल्ला कमिटी र प्यूठानमा भोजबिक्रम बुढा मगर नेतृत्वको जिल्ला कमिटी एकीकृत समाजवादी पार्टीमा रुपान्तरण भएको हो ।

मोरङमा अध्यक्ष राई, उपाध्यक्षद्धय चण्डी राई, उद्धव पोखरेल, सचिव राजन केसी उपसचिवद्धय वासिम आलम, निलम ढुंगेल सहितको ३२५ सदस्यीय जिल्ला कमिटी निर्माण भएको उपसचिव आलमले बताए ।

यसैगरी प्यूठानमा अध्यक्ष मगर, उपाध्यक्ष कृष्ण रायमाझी र सचिव दिपेन्द्र के.सी. सहितको ५१ सदस्य जिल्ला कमिटी निर्माण भएको छ । तत्कालिन एमाले प्युठानको जिल्ला सचिब र संविधानसभा सदस्य समेत रहेका धनबहादुर रायमाझी पनि एकीकृत समाजवादी पार्टीको पक्षमा उभिएका छन् ।

एकीकृत समाजवादी प्यूठानका सचिवालय सदस्य झबिलाल राहु मगरले केपी ओली नेतृत्वको एमालेले देश, जनता र कम्युनिष्ट आन्दोलनलाई धोका दिएका कारण एमालेबाट बिद्रोहको विकल्प नरहेको निष्कर्ष निकालेको बताए ।

प्रतिक्रिया दिनुहोस्