Logo
Logo

वाईसिएलको सदस्यता अनलाइनबाटै लिन पाइने



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध युवा संगठन वाईसिएल नेपालले आधिकारीक वेवसाईड लञ्च गरेको छ । वाईसिएल नेपालले राष्ट्रिय भेलाको अवसर पारेर आफ्नो आधिकारीक वेबसाइड लञ्जच गरेका हुन् ।

युवा संगठनलाई डिजिटल मैत्री बानाउने गद्देश्यका साथ वाईसिएलले यस वेबसाईडको विकास गरेको हो । वाइसिलका महासचिव सुवोध सेर्पालीले संगठनका सम्पूर्ण जानकारी यस वेबसाइट मार्फत जानकारी दिए ।

उनले पुर्व मेचीदेखी पश्चिम महाकालीसम्मका युवाले वाईसिएलको सदस्यता लिन चाहेमा अनलाईनमार्फत सहज रुपमा सदस्यता लिन सक्ने बताए ।

वाईसिएल नेपाल भर्चुअल भेला गर्ने प्रविधी मैत्री पहिलो राजनितीक संगठन हो ।

प्रतिक्रिया दिनुहोस्