Logo
Logo

नेपाल लाइफ र नेशनल मर्चेन्ट बैंकरबीच समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं । नेपालको जीवन बीमा व्यवसायमा अग्रणी रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत संस्थापक शेयर खरिद गर्ने गरी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको छ ।

काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल लाइफकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नवीन बाँस्कोटाले सो समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । नेपाल लाइफले उक्त शेयर खरिद गरेपछि सो कम्पनीको जारी एवं चुक्ता पूँजी रु. ३० करोड हुनेछ ।

कार्यक्रममा दुबै कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूको उपस्थिति थियो । कार्यक्रममा नेपाल लाइफका नायब महाप्रबन्धक अमित कयालले नेपाल लाइफले आफ्नो लगानी इन्भेष्टमेन्ट बैंकर कम्पनीमा गर्न पाएकामा खुसी व्यक्त गरे । नेशनल मर्चेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत बाँस्कोटाले नेपाल लाइफको व्यवस्थापनलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाल धितोपत्र बोर्डबाट जारी गरिने अन्य इजाजतहरु पनि लिएर एउटा भरोसापूर्ण एवं बलिया बैंकर कम्पनीको रुपमा काम गर्दै जाने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रसाईले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा सबैको विश्वास जितेर उत्कृष्ट ब्राण्ड रहन सफल भएको बताउँदै अब नेशनल मर्चेन्ट बैंकरलाई पनि नेपालको पूँजीबजारमा सफल कम्पनीका रुपमा स्थापित गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्