Logo
Logo

अविरल बर्षाले नवलपरासीका जनजीवन प्रभावित (तस्बिरहरु)


दामोदर खनाल


काठमाडौं । अविरल वर्षाका कारण नवलपरासीको पूर्व र पश्चिम दुवै जिल्लाको जनजीवन प्रभावित बनेको छ । दुईदिनसम्म आएको वर्षाका कारण बिहिवार राति नवलपरासीको सदरमुकाम परासी बजार क्षेत्र डुबानमा परेको छ ।

सदरमुकाम हुँदै बगेको झरही नदी ओभरफ्लो भइ परासी बजारमा बाढी पसेको हो । बाढी पसेर रामग्राम नगरपालिकाको बजार पुरै जलमग्न हुदा सयौं घरहरु डुबानमा परेका थिए । रातिमा आएको बाढिकाकारण डुवानले धेरैको धनमालमा क्षति पुर्याको छ ।

राति एक्कासी बाढी आयो, कम्युटर, शैक्षिक सामाग्री ,सबारिसाधन र बिद्यालय का सामाग्रीमा क्षति पुग्दा लाखौको नोक्सान भएको लिटल एन्जीलस हाईस्कुलका संचालक सुमन गोपाल श्रेष्ठले बताए ।

आफुले चढ्ने सवारीसाधन निकाल्छु भनेन चलाउन जादा घाँटी सम्म पानी आएपछि ज्यान जोगाउन माथिल्लो तलामा गएर बसेको श्रेष्ठले बताए ।

उनका अनुसार परासी बजारमा रहेको जयसवाल डाईनस्टरि सेन्टरका संचालक श्याम शुन्दर जयसवाल औषधि एक्सेरे मेसिन, ईसिजि मेसिन, भिडियो एक्सेरे मेसिनलगायतका उपकरणसहित करिव ४५ लाखको क्षति भएको छ ।

डुवान क्षेत्र अबलोकनका लागि नवलपरासी पुगेका लुम्बिनी प्रदेश च्याम्बर अफ कमर्शका अध्यक्ष टंक पोखरेलले भने ढलनालि र तटबन्ध ब्यवस्थित हुन नसक्दा यो क्षेत्र डुवानमा परेको बताए ।

पिडितको समस्यामा च्याम्बरले सहयोग गर्ने पनि उनले बताए । रामग्राम नगरपालिका परासीका मेयर नरेन्द्र गुप्ताले अवलोकन गरेका थिए ।

जिल्ला प्रशासन कर्यालय, जिल्ला प्रहरी कार्यालय र नेपाली सेना ब्यारेकसहित विभिन्न सरकारी कार्यालयहरुमा पनि २ देखि ५ फिटसम्म बाढीको पानी पसि डुबानमा परेको छ । बजारको वास्तविक क्षतिको विवरण भने आउन बाँकी छ ।

पुर्व पश्चिम राजमार्गमा सुनवल नगरपालिकाको बडेरा, बनक्टी र ज्यामिरेस्थित डाइभर्शन पनि भत्केर आवागमन अवरुद्ध भएको छ ।

तस्विर : दामोदर खनाल / बुटवल

प्रतिक्रिया दिनुहोस्