Logo
Logo

‘कन्दरा’ले ल्यायो चन्द्रकोटकी नानी (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ बैशाख । एक समयको चर्चित ब्याण्ड ‘कन्दरा’ले आफ्नै शैलीको नयाँ गीत ‘चन्द्रकोटकी नानी’ ल्याएको छ । ब्याण्डका भोकलिस्ट विवेक श्रेष्ठको स्वर रहेको उक्त गीतको भिडियोमा अहिलेकी चर्चित मोडल अलिशा राईले अभिनय गरेकी छन् ।
म्युजिक नेपालको रहेको प्रस्तुती रहेको भिडियोमा अलिशासँगै गायक सयंमले अभिनय गरेका छन् । प्रसन्न पौडेलले निर्देशन गरेको यस म्यूजिक भिडियोलाई पोखरा र काठमाडौमा छायाँकन गरिएको गायक श्रेष्ठले बताए । उनका अनुसार करिब दुई वर्ष लगाएर यो भिडियो तयार पारिएको हो ।
‘चन्द्रकोटकी नानी’ गीतकोे अडियो दुई वर्षअघि नै सार्वजनिक गरिएको थियो । यस गीतलाई विनोद गौचनले लेखेका हुन् भने संगीत सुनिल थापाको रहेको छ ।
‘भेडी गोठ’ नामक एल्बममा समावेश यो गीतमध्ये ‘चन्द्रकोटकी नानी’ तेस्रो भिडियो हो । करिब नेपाली सांगीतिक क्षेत्रमा २७ विताएको गायक श्रेष्ठले गाएका अधिकांश गीत चर्चित छन् । यसअघि कन्दराले ६ ओटा हिट एल्बम दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्