Logo
Logo

मंगलबारदेखि नेपाल-श्रीलंकाबीच उडान सुरु हुने



काठमाडौं । नेपाल र श्रीलंकाबीच आगामी मंगलबारदेखि सिधा हवाई उडान शुरु हुने भएको छ ।

मंगलबारदेखि काठमाडौं-कोलम्बो सिधा हवाई उडान शुरु हुने नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीटमार्फत जानकारी दिएकी छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले हप्ताको दुई मंगलबार र शनिबार काठमाडौं-कोलम्बो उडान हुने बताए ।

काठमाडौं-कोलम्बोको भाडादर न्यूनतम ५९९ देखि अधिकतम ११५८ डलरसम्म तोकिएको छ । श्रीलंकाको राष्ट्रिय धोजाबाहक श्रीलंकन एयरबाट उडान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्