Logo
Logo

नाकढुंगामा पहिरो खसेपछि सडक अवरुद्ध



धादिङ । लगातारको वर्षापछि काठमाडौं प्रवेश गर्ने नाका नागढुंगास्थित चिसापानीमा पहिरो खसेका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि काठमाडौं भित्रिने सवारी साधन रोकिएका छन् ।

नागढुंगाबाट एक किलोमिटर अगाडि चिसापानीमा पहिरो गएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिए । सडक विभागको समन्वयमा अहिले पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्