Logo
Logo

दुर्व्यवहारविरुद्ध राप्ती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी सडकमा उत्रिए



काठमाडौं । राप्ती प्रादेशिक अस्पतालका डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहमाथि अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै उनीहरु संघर्षमा उत्रिएका हुन् ।

तुलसीपुर क्षेत्रमा कार्यरत तीन सय बढी डाक्टर, नर्स र स्वास्थ्यकर्मी काम छोडेर न्यायको माग गर्दै आइतबार सडकमा उत्रिएका छन् । उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

नेकपा एमालेसम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीको समूहले ११ भदौमा मेसु सिंहलाई कार्यकक्षमै प्रवेश गरी मोसो दलेका थिए ।

उक्त दुर्व्यवहाररको विरोधमा उत्रिएका डाक्टर तथा नर्सहरुले ‘वी वान्ट जस्टिस, डाक्टर, नर्स र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेहरू मुर्दावाद’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । -यालीमा मेसु सिंह, राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद शर्मा, कोरोना विषेश अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोण वलीसहित विभिन्न निजी क्लिनिकमा कार्यरत डाक्टर, नर्स र स्वास्थ्यकर्मी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्