ग्लोबल आइएमई बैंकको ड्राइभ उत्सव अफर, ७.२९ प्रतिशतमै विद्युतीय सवारी कर्जा « Drishti News – Nepalese News Portal
Logo

ग्लोबल आइएमई बैंकको ड्राइभ उत्सव अफर, ७.२९ प्रतिशतमै विद्युतीय सवारी कर्जा


दृष्टिन्यूज


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले यस बर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस(ड्राइभ उत्सव योजनाअन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियमसहित)मा विद्युतीय सवारी कर्जालगायतका विभिन्न सवारी साधन योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत सेवाग्राहीले सात वर्षसम्मको अवधिका लागि ८.१९ प्रतिशत ब्याजदर (प्रिमियमसहित) मा अन्य सवारी साधन कर्जाका साथै ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ वर्ष अवधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । यो योजना निजी प्रयोजनका लागि विभिन्न नयाँ सवारी साधन खरिदका लागि उपलब्ध हुनेछ ।

साथै कर्जा आवेदन प्रक्रिया पूरा भएको दुई कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरीद गर्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो ।

यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ । हाल बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) को ब्याजदरमै घर कर्जा योजना समेत संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्